धनगढी: सुदूरपश्चिमको नेपालको भारत सङ्ग अधिकास ठाउँमा सिमा छट्याएर बग्ने महाकाली नदी थुनिएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ।
ठुलो पहिरोका कारण दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएको प्रशासनले जनाएको छ।
महाकाली थुनिएकाले जुनसुकै बेलापनि जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भएकाले नदी नजिक रहेका बस्तीलाई सचेत रहन कञ्चनपुर प्रशासनले सूचनामार्फत आग्रह गरेको छ।