काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ। स्थानिय बजारमा आइतवार सुनको मूल्य तोलामा १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रवार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ। शुक्रवार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १३ सय २० मा कारोबार भएको छ। शुक्रवारको तुलनामा आइतवार चाँदी ३५ ले बढेको हो।