Advertisement
SKIP THIS
महिनावारीका बेला यस्ता काम नगर्नु

महिनावारीका बेला केही महिलालाई टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न स’मस्या हुने गर्छन्  ।

यसैकारण उनीहरुको दैनिक तालिका डिस्टर्ब हुने गर्छ । डाक्टरका अनुसार महिलालाई यस्तो समस्या विशेषगरी प्याड, खानपिन र पेनकिलरका कारण पनि हुनसक्छन् ।

अन्जानमा गरिएका ग’ल्ती तपाईंलाई भारी पर्न सक्छन् । महिलाले महिनावारी हुँदा कस्ता गल्तीबाट बच्नुपर्छ भन्ने बारे जानकारी लिऔं । 

पेनकिलरःमहिनावारीको दु’खाईबाट पार पाउनका लागि महिला धेरैजसो पेनकिलरको सहारा लिने गर्छन् । यस्तो गर्नु तपाईंको स्वास्थ्यका लागि भारी पर्न सक्छ । अमेरिकन नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार महिनावारीका बेला दिइने पेनकिलर तपाईंको स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । यस्ता खालका औषधीको सेवन गर्दा तपाईंको शरीरको राम्रो ब्याक्टेरिया पनि नष्ट हुन्छन् । यसका कारण महिलालाई हृद’यघात, अल्सर, मृगौला, लिभर र आन्द्रासम्बन्धि सम’स्या हुनसक्छन् । 

बास्नादार परफ्यूमको प्रयोगःधेरैजसो युव’तीहरु महिनावारीका बेला रग’तको दु’र्गन्धबाट बच्नका लागि परफ्यूमको प्रयोग गर्न थाल्छन् । यसो गर्दा तपाईंलाई यिस्ट इन्फेक्सनका साथै थुप्रै इन्फेक्सनको ख’तरा बढ्ने गर्छ । परफ्यूममा सिन्थेटिक र अन्य केमिकल हुने भएकाले यसले तपाईंको छालालाई हा’नी गर्ने गर्छ । 

डाइटिङ गर्नुःमहिनावारी हुँदा पौष्टिक र पर्याप्त मात्रामा भोजन गर्नु अत्यावश्यक हुन्छ । यतिबेला कुनै पनि कारणले खाना छोड्नु स्वास्थ्यका लागि खत’रनाक हुनसक्छ । याद राख्नुहोस्, यतिबेला शरीर निकै कमजोर हुन्छ, यस्तोमा खाना छोड्नु भारी पर्न सक्छ । तपाईंले जे पनि आहार लिनुहुन्छ त्यो पौष्टिक तत्वले भरिएको होस् । 

प्याडको विषयमा लाप’रवाहीःकतिपटक अल्छी गर्दा त कतिपटक विज्ञापनमा प्याडको विषयमा गरिएका दाबीको चक्करमा महिला लामो समयसम्म एउटै प्याड प्रयोग गर्छन् । महिनावारी भएका बेला तपाईं हरेक तीन घण्टामा स्यानेटरी न्यापकिन फेरिरहनुहोस् । यसो गर्दा तपाईं संक्र’मणबाट सुरक्षित हुनुहुनेछ । साथै दुर्गन्धको सम’स्या पनि हुने छैन । 

रेयान कटन प्याडको प्रयोगः महिनावारीका बेला प्रयोग गरिने धेरैजसो प्याड रेयान, कटन वा दुबैबाट मिलेर बनेको हुन्छ । तर सुन्दा अचम्म लाग्ला तर यसमा हानि’कारक केमिकल्स र पेस्टिसाइडको प्रयोग गरिएको हुन्छ । यसको नका’रात्मक अस’र महिलाको प्रजनन क्षमतामा पर्न सक्छ । एफडीएलाई विश्वास गर्ने हो भने यसमा भएको डाइअक्सिनले यो’नीको तन्तुमा नकारात्मक असर पार्छ । सधैं अर्गानिक कटनबाट प्याड नै प्रयोग गर्नुहोस् ।

व्यायाम नगर्नुः महिनावारीका बेला महिलाहरु धेरैजसो सुस्त रहन्छन् । यस्तोमा उनीहरु हल्काफुल्का व्यायाम गर्न पनि अस्वि’कार गर्छन् । तर महिनावारी भएका बेला व्यायाम गर्न आवश्यक छ । यस्तो गर्दा तपाईंको शरीरबाट पसिनाको रुपमा सबै टक्सिन बाहिर निस्कने गर्छ । 

अ’सुरक्षित सम्बन्धः थुप्रै महिलालाई लाग्छ कि महिनावारीका बेला यौ’न सम्बन्ध स्थापित गर्दा अनावश्यक ग’र्भ रहनबाट बच्ने गरिन्छ । तर यस्तो सोच्नु सही होइन । यतिबेला पनि गर्भवती हुने सम्भावना रहेको हुन्छ । यसबाहेक सं’क्रमणबाट बच्नका लागि पनि महिनावारीका बेला यौ’न सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्छ । ऐजन्सि

तपाईको प्रतिक्रिया