कालु बोहरा अछाम :कोदोको प्याकेजिंग र बजारिकरणका लागि कृषि ज्ञान केन्द्र मंगलसेन अछामद्धारा चौरपाटी गाउँपालिकालाई प्लाष्टिक प्याकेजिंग ब्याग हस्तान्तरण गरिएको छ ।
कृषि ज्ञानकेन्द्र मंगलसेनको ८५ प्रतिशत अनुदान र गाउँपालिकाको १५ प्रतिशत अनुदानमा कृषि ज्ञानकेन्द्र मंगलसेन कृषि प्रसार अधिकृत प्रमोद चौधरीले ५, १० र १५ के.जी का गरी २ हजार चार सय प्याकेजिंग ब्याग गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदलाई हस्तान्तरण गरेका छन ।
हस्तान्तरण ब्यागमा अर्गानिक कोदोको परिकार खाऊँ,, स्वच्छ जीवन बिताऊँ,, नारा लेखिएको छ । ब्यागमा चालु आर्थिक बर्ष २०७७÷७८ को वार्षिक कोदो अनुदान कार्यक्रम अन्र्तगत फलेको कोदो कुटेको धान सँग सटनी गरेको थियो ।
सटनीबाट चौरपाटी गाउँपालिकाका सात वटै वडाका कृषकबाट १५५ कुन्टल ५० कि.लो कोदो संकलन गरिएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए।
संकलित कोदो गाउँपालिकाको रुपमा तराईका जिल्ला कैलाली, कञ्चनपुर देखि काठमाण्डौ सम्म पठाउने गाउँपालिका अध्यक्ष साउदले बताए ।
फलेको कोदो कुटेको धान सँग सटनी गर्दा कृषकमा थप हौसला भएको कृषकहरुको भनाई रहेको छ । प्रति कट्टा छ सय का दरले विक्रि भएको कोदो यो बर्ष चामलसँग सटनी गर्न पाउँदा कृषकलाई राहत भएको चौरपाटी गाउँपालिकाका कृषि शाखा प्रमुख झप्पर भुलले बताए ।
गाउँपालिका अध्यक्ष साउद आफै समेत अछाम जिल्लाका एक ठुला किसान हुन । हुनले गाउँपालिपकाका विभिन्न ठाउँमा जग्गामा भाडामा लिएर कृषि पेशा गरिरहेका छन।