कञ्चनपुर: घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृ’त्यु भएको छ।
दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजू सहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको वि’ष सेव’नका कार’ण मृ’त्यु भएको हुनसक्ने आकलन गरिएको छ।
“भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्र’ममा मृ’त्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घट’नाबारे विस्तृतमा अनु’सन्धान हुदैछ।” देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन।
“उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे”, थापाले भने, “उनीहरु होटल आउँदा पनि सा’मान्य अ’वस्थामा नरहेको बुझिएको छ।”
प्रहरीका अनुसार दुबैको श’व महाकाली अस्पतालमा राखिएको छ। प्रहरीले श’व परी’क्षणपछि मृ’त्युको का’रण खुल्नसक्ने जनाएको छ।