Advertisement
SKIP THIS
देशमा संकट परेकाे वेला कांग्रेसले समाधान गर्ने गरेकाे प्रेस युनियनका केन्द्रीय सदस्य कुवरकाे भनाइ ।।

निराकरण सम्वाददाता अछाम:नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामका सदस्य रामवहादुर कुवरले देशमा संकट परेकाे वेला कांग्रेसकाे आवश्यकता हुने गरेकाे बताएका छन् ।

असंवैधानिक कु काे बिरुद्धमा कांग्रेसले बिहीबार देशभरका सबै वडाहरुमा गरेकाे बिराेधसभाका कार्यक्रम अनुसार बिहीबार मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडामा भएकाे वि’राेधसभामा प्रमुख अथिति कुवरले साे कुरा बताए ।

हरेक कालखण्डमा देशमा हुने संकटकालिन अवस्थामा कांग्रेसकाे नेतृत्वमा समस्याको समाधान हुने गरेकाे केन्द्रीय सदस्य कुवरले बताए ।

२००७ देखि ०४७, हुँदै ६२/६३ काे अान्दोलनकाे अगुवाइ गर्दै देशलाई अस्थिरता वाट स्थिरतामा ल्याउन कांग्रेसकाे महत्त्वपूर्ण भुमिका रहेकाे उनको दाबी छ ।

कांग्रेसको नेतृत्वमा निमार्ण भएकाे संविधानमाथि कम्युनिस्ट सरकारले कु थरेका कारण कांग्रेस अहिले संविधानकाे वचाउकाे निम्ति सडकमा अाएकाे उनले बताए।

बिहीबार मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा भएकाे बिराेध सभा कार्यक्रममा दलित संघका जनक मयाल्ति,महिला सँगका केसु साउद,शिक्षक संघका नरवहादुर बुढा, दिपक कार्की, ट्रेड युनियन कांग्रेसका उपेन्द्र साउद, नेपाली कांग्रेस प्रजातान्त्रिक युवासंघका जिल्ला उपाध्यक्ष उमेश कुवर लगायतले मन्तव्य मन्तव्य राखेका थिए।

नारा जुलुस सहित नन्देगडा बजार परिक्रमा पछि बिच बजारमा भएकाे विरोध सभामा स्वागत मन्तव्य नेविसंघका जीवन बुढाले राखेका थिए भने कार्यक्रम अध्यक्षता पुर्व वडा कार्यसमिति सभापति केवलसिह बुढाले गरेका थियाे भने कार्यक्रमकाे संचालन नेविसंघका गंग बुढाले गरेका थिए।

तपाईको प्रतिक्रिया