निराकरण सम्वाददाता अछाम : नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर संविधान माथि कालाे दाग लगाएकाे आराेप लगाएका छन् ।
चाैरपाटीमा प्रधानमन्त्री केपी अाेलीकाे असंबैधानिक संसद विघटनका विरुद्ध विराेध सभालाई सम्बाेधन गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका नेता कुँवरले केपी ओलीले भष्ट्र,कमिशन खाेर नेतमलाई जाेगाउन संसद विघटन गरिएकाे बताए ।
विराेध सभामा नेकपा प्रदेश कमिटी तथा प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गाेविन्दले संसदविघटनले जनताकाे अभिमतकाे धज्जी उडाएकाे बताए ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य दिपक साउद, मीन बहादुर कुँवर, शंकर भण्डारी, ईश्वरी खडका, जिल्ला कमिटी सचिवालय सदस्य लाेक बहादुर बाेहरा, राम बहादुर थापा, हिरण्ड भण्टराई, राम बहादुर आउजी,जीवन साउद, जिल्ला कमिटी सदस्य नमराज न्याैपाने, हर्क बहादुर साउद लगायतले मन्तब्य राखेका थिए।
गाउँ संगठन कमिटी अध्यक्ष झंकर साउदकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन गाउँ संगठन कमिटी सचिव शंकरमान बाेहराले गरेका थिए।