Advertisement
SKIP THIS
तिमिल्सैनमा डिप बोरिङ बाट खानेपानी निकालिदै

सुशील भण्डारी :सुदुरपश्चिम् प्रदेशको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डोटी मार्फत बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ सुरु गरेको छ ।

१५ लाख रुपैयाँ लगानीमा डिप बोरिङ गरि स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्लाले शिलान्यास गरेका छन।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठकुल्लाले वडा खानेपानीको निकै समस्या रहेको यस ठाउँका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी बोरिङको काम सुरु गरेको बताए ।

खानेपानीको चरम अभाब झेल्दै आएका नगरका नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउनको लागी वडाले बोरिङको सहायता लिएको हो ।

नेपाल हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रा .लि उक्त कामको जिम्मा पाएको छ ।

निकट भविस्यमै बृहत खानेपानी आयोजनाको रूपमा एक घर ,एक धारा बनाउने उदेश्यका साथ क्रमागत रूपमा ३० लाख छुट्याइएको अध्यक्ष ठकुल्लाले बताए ।

तपाईको प्रतिक्रिया