Advertisement
SKIP THIS
स्वतन्त्र सांसद मनाङ्गेको पारिश्रमिकबाट नेकपालाई १ लाख बढी लेबी काटियो

पोखरा :मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदकै परिचय पत्र लिएका छन् । सांसद मनाङ्गेले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका थिए ।

पोहोर असार १९ गते नेकपा प्रवेश गरेका भनिएका मनाङ्गे प्रदेश सभामा सत्ता पक्षकै लहरमा बस्दै आएका थिए । उनले दुई तिहाइ बहुमतका लागिमात्र नेकपालाई समर्थन गरेको बताएका छन् ।

तर, सांसद मनाङ्गेले पाउने पारिश्रमिकबाट नेकपामा लेबी गएको देखिएको छ । संसद सचिवालयको रेकर्डमा उनको पारिश्रमिकबाट नेकपालाई १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको भेटिएको छ ।

आफू स्वतन्त्र निर्वाचित भएको र संसदमा पनि स्वतन्त्र हैसियतमै रहेकाले संसद सचिवालयबाट नेकपाले लेबी काटेको भन्दै मनाङ्गेले आपत्ति जनाएका छन् । ‘म स्वतन्त्र नै हुँ, कुनै पार्टीमा प्रवेश गरेको आधार छैन, समर्थनमात्र हो,’ मनाङ्गेले भने, ‘कुनै पार्टीले जबर्जस्ती गरेको रहेछ भने बरु राजीनामा दिन सक्छु ।’
अनलाइनखबर

तपाईको प्रतिक्रिया