टीकापुर:नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निध’न भएको छ ।
उपचारका लागि काठमाडौ जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बे’होस भएका नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो ।
कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा नि’धन भएको नेपाली कांग्रेस अछामले जनाएको छ । देवकोटाको सब यात्रामा सयौं मानिस हरु सहभागी भएका थिए ।
नेता देवकोटाको पार्थिव शरीर लाई श्र’द्धाञ्जलीका लागि नेपाली कांग्रेसको टिकापुर स्थित कार्यालयमा राखीएको थियोे ।
सुदुरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावले देवकोटाको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा ओढाएर नेपाली ओढाएका श्रद्धाञ्ज’ली अर्पण गरेका थिए ।
श्रद्धाञ्जलीका नेपाली कांग्रेस अछामका नेता देवकोटाको बिहिवार टिकापुर स्थित कर्णाली नदिको सनकट्टी घाटमा अ’न्त्येष्टि गरिएको छ । उनको जन्म २०२० साल असार २१ गते अछामको विनायकमा भएको थियो ।
२०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
उनका आमा , चार छोरा , तीन छोरी र श्रीमती छन । नेता देवकोटाको निधन’मा नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले शो’क व्यक्त गरेका छन ।