Advertisement
SKIP THIS
भिम रावललाई पुर्व मन्त्री बोहराको चुनौती:आउदो निर्वाचनमा म संग जितेर देखाउनु ह‍ोस

अछाम : नेकपा अध्यक्ष एबम प्रधानमन्त्रि केपी ओली समूहक केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताए ।

सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएका बताए।

प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोसी रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताए । सुदुरपश्यिम प्रदेशको अर्थमन्त्रीको समेत जिमेवारी समहालि सक्नुभएका नेता बोहराले चुनावमा आफु संग जितेर देखाउन भिम रावललाई चुनौती समेत दिए।

पार्टीका अर्का केन्द्रिय सदस्य नेता कृष्णप्रसाद जैसीलेअधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गरे । माधव प्रचण्ड समुहले पार्टीको सम्पति माथी अाखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर लगाउन समेत उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया