Advertisement
SKIP THIS
प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका वि’रुद्ध आन्दोल’नमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी

विक्रम परियार, अछाम :राष्ट्रिय युवा संघ नेपाल अछाम र अनेरास्ववियु अछामको संयुक्त बिस्तारित बैठक पार्टि कार्यालय मंगलसेनमा सुरु भएको छ ।

राष्ट्रिय युवा संघ अछामका संयोजक हिरण्ड कुँवरको अध्यक्षतामा सुरु भएको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज शरद सिंह भण्डारी रहेका थिए।

बैठकको उदघाट्न गर्दै प्रमुख अतिथी भण्डारीले प्रधानमन्त्रीले संबिधान बिपरित प्रतिनिधि सभा विघ’टन गरेको दा’बी गरे।

उनले प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका वि’रुद्ध अहिले आन्दो’लित रहेको बताए । उनले सम्मानित अदालतले प्रधानमन्त्रीको असंबैधानिक कदम सच्याउने बिश्वास समेत व्यक्त गरे।

यस्तै संविधान सभाका सदस्य तथा प्रदेश कमिटी सदस्य भरत साउदले प्रधानमन्त्री केपी शर्मा ओलिले बनाएका केन्द्रिय सदस्य, प्रदेश कमिटी तथा जिल्ला कमिटी सदस्य केमिडियन व्यक्ति भएको जिकिर गरेका छन् ।

उनले प्रधानमन्त्री ओली संबिधान, गणतन्त्र तथा सघियता बिरोधि रहेको दाबि गर्नु भयो । प्रदेश कमिटी सदस्य शकर भण्डारिले प्रधानमन्त्रीको असंबैधानिक कदम विरु’द्ध जनता एकजुट हुनु पर्नेमा जोड दिए ।

बिस्तारित बैठकमा अछाम पार्टि सचिव झपट साउद, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज शिव बोगटी, केन्द्रिय सदस्य अछाम सह ईन्चार्ज दिपक कुवर, सगठन बिभाग प्रमुख प्रकाश शाह लगायतले धारण राखेका थिए।

अनेरास्ववियुका जिल्ला कमिटी सदस्य शकर बिष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन अनेरास्ववियुका जिल्ला सयोजक धुर्ब रावलले गरेका छन् । बाकी जिल्ला तहका नेताले सम्बोधन सहीत कमीटीको निर्णय हुन बाकी रहेकाले बैठक मंगलबार सम्म चल्ने भएको छ ।

तपाईको प्रतिक्रिया