Advertisement
SKIP THIS
ओलीले संबिधान माथी धावा बोल्ने चेष्टा गरेकाले काँग्रेस सडकमा उत्रिन बाध्य भयो :कांग्रेस नेता पाण्डे

सरिता खड्का अछाम : साँफेबगरको हाट बजारमा आयोजित बिरोध सभा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता बद्रि पाण्डेले केपी शर्मा ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भएको बताएका छन् ।

काँग्रेस अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा क को आयोजनामा आज साँफेबगरको हाट बजारमा आयोजित बिरोध सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता पाण्डेले केपी बली लोकतन्त्रको श’त्रुु भएर आएका कारण काँग्रेस यस्तालाई परा’स्त नगर्दासम्म सडकबाट नफर्किने दा’बी गरेका हुन ।

नेता पाण्डेले राजा आउ देश बचाउ भन्ने नारा लगादै अहिले धमिलो पानीमा माछा मा’र्ने काम भईरहेको भन्दै यस्ता दिवा सपना नदेख्न समेत चेतना’वनी दिएका छन्।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका अछामका सभापति भरत कुमार स्वाँरले नेपाली काँग्रेस जनताको पार्टी भएका कारण कोहि फुट्दा र जुट्दा खुशी हुनुपर्ने कुनै कारण नभएको बताए। उहाले अहिले काग्रेसले एकताबद्ध भएर लाग्नु जरुरी रहेको बताए ।

कार्यक्रममा पुर्ब राजदुत बल बहादुर कुवर,महासमिति सदस्य बल बहादुर कुवर,पुर्ब जिल्ल पार्टी सभापति मेघराज खड्का,जिल्ल्ला समन्वय समिति प्रमुख नर बहदाुर कुवर,महासििमत सदस्य अनुराधा स्वार,उपसभपाति चन्द्र ढुगाना,दलित स.घका जिल्ला अध्यक्ष टक्कर ताम्राकार,क्षेत्रीय सभापति लक्षमण शाह,पुर्ब जिल्ला पार्टी सचिब टेक बहादुर साउद,जिल्ला कार्यसमिसति सदस्य राम बहादुर कुवर,पुर्ब महाधिबेहन प्रतिनिधि आर्जुन ताम्राकार,नगर सभापति गोकुुल भाट,अछाम काठमाण्डौ सम्पर्क समितिका उपाध्यक्ष भक्त ठकुल्ला,नेबि संघका सभापति निर्प साउद,राजमति कुवर,क्षेत्रिय सदस्य बसन्त सुनार,दलित सघका नगर उपसभापति नैन सि थलारी,महिला संघका नगर सभापतिख रुपा आउजी लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए।

कार्यक्रमको सञ्चालन नगर सचिब कृष्ण कुवरले गरेको कार्यक्रममा स्वागत मन्ततब्य क्षेत्रिय सभापति कृष्ण बुढाले राखेका थिए।

कार्यक्रम प्रदेश सभा क का संयोजक राजेन्द्र कुवरको अध्यक्ष्तामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया