Advertisement
SKIP THIS
नेकपा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लाग्यो :कांग्रेस नेता पाण्डे

अछाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य यूवा नेता बन्द्री पाण्डेले नेपालका लोकतन्त्रका लाई जनआन्दोलन भईरहदाँ केपी ओली झ्यालमा बसेर काजु खाएर बसीरहेको आ’रोप लगाएका छन् ।

नेता पाण्डले लोकतन्त्रका लागि देशमा आन्दो’लन हुदाँ ओली झ्यालमा बसेर बयालगाडा चडेर अमेरिका पुगिदैन भन्ने गरेको आरोप लगाए ।

नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ प्रदेश सभा ख को आयोजनामा ढकारीमा आयोजित बि’रोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य पाण्डले ओली बिगत देखी वर्तमान सम्म प्रतिगमन उन्नमुख भएको बताए ।

नेकपाका नेताहरुले देशको नेतृत्व गरिरहँदा कुनै तहका पनि चुनाव हुन नसेकेका उल्लेख गर्दै कांग्रेस नेता पाण्डले बिगतमा कठिन परिस्थितीमा कांग्रेसको नेतृत्वमै देशमा निर्वाचन सम्पन्न भएको बताए ।

नेता पाण्डले भने ओली आफु प्रधानमन्त्री भएको बेला संबिधान अनुसार देशमा चुनाव गर्न नसकेर हावादारी गफ मात्रै दिएको उल्लेख गरे ।

नेकपाका बुहमतको सरकारले देशमा केही गर्छ कि भन्ने जनतामा आशा थियो त्यसैले कांग्रेस जस्तो सहयोगी प्रतिपक्षले सडकमा टायर नबाली सहयोग गरेको स्मरण गर्दै नेता पाण्डले भने केपी ओली काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने जस्तै अघि बढे ।

देश अप्ठेरो परिस्थिती हुदाँ जहिले पनि कांग्रेस नै सड्कमा आउनु परेको भन्दै नेता पाण्डले प्रतिगमन तर्फ उन्नमुख ओली नेतृत्वको नेकपा सरकारको बि’रद्ध आवाज उठाउन कांग्रेसलाई कुनै आईतबार कुर्न नपर्ने बताए ।

नेता पाण्डले असंबैधानकि, अलोकतान्त्रीक र प्रतिगमनका बिरुद्ध त्यो बेला चुईक्क पनि बोल्न नसक्ने नेकपाकै माधव प्रचण्ड पक्षको अहिलेको आलाप बिलाप गरेको देखेर द’या लागेको बताए ।

 

तपाईको प्रतिक्रिया