Advertisement
SKIP THIS
अछामको केटो म जेल बसेको बेला बोटोमा हिँड्दा पुलिसले समातेर ल्याएछ: प्रधानमन्त्री ओलि

नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अर्को नेकपाका नेता भीम रावलमाथि खनिए’का छन्।

प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलका कारण प्रदेशको विकास नभएको ओलीको आरो’प छ।

धनगढीको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले आफु १४ वर्ष जेल बसेको विषय उल्लेख गर्दै भने, ‘अछामको एउटा केटो म जेल बसेको बेला बोटोमा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ र भेटाएर मैले राजनीतिकरण गरेको थिए।

अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला। नानी भन्दा नाना ठुलो।

मान्छे भन्दा कुरा ठूला। यस प्रदेशको विकासको स’मस्या हुन् ती मान्छे। अब त्यो समस्या समाधान भएको छ।’

 

तपाईको प्रतिक्रिया