Advertisement
SKIP THIS
सायल गाउँपालिका ४ वटा बिद्यालयलाई सर्जिकल माक्स र सेनिटाइजर वितरण ।

बिक्रम खड्का डोटि :डोटि जिल्लको पश्चिम क्षेत्रमा पर्ने सायल गाउपालिका डोटीका ४ वटा विद्यालय लाइ स्वास्थ्य सामाग्री बितरण गरियको छ।

मानविय सेवामा अनेकौ प्रयास संस्था कैलाली अन्तर्गत संचालित केयर एन्ड रिलिफ परियोजना मार्फत एक कार्यक्रम का बिच विद्यालय लाइ स्वास्थय सामाग्री वितरण गरियको हो।

सायल गाउपालिका अन्तर्गत जनताजनार्दन माध्यामिक बिद्यालय डौड ,कालिका माध्यामिक बिद्यालय डुङग्रि,भवानि माध्यामिक विद्यालय लुसाकोट,भवानि स्थान माध्यामिक विद्यालय सैनगाउ,का विद्यालय मा पठनपाठन को बेला बिध्यार्थी र शिक्षक लाइ कोविट को जोखिम बाट सुरछित रहने उदेश्यले उक्त सामाग्री बितरण गरियको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

उक्त पालिकाका ४ वटा बिद्यालय लाइ ३/३ हजार गरि १२ हजार सर्जिकल माक्स र १०/१० लिटर गरि ४० लिटर सेनिटाइजर वितरण गरिएको हो ।आउँदो दिनमा बिद्यालय ले अनुरोध गरेमा आबस्यकता अनुसार बिद्यालय लाइ स्वास्थ सामाग्री, शैक्षिक सामग्री पनि उपलब्ध गराउने अध्यक्ष जोसिले प्रतिबद्धता ब्यक्त गरे।

यो संस्थाले डोटी जिल्लाका ४ वाटा स्थानीय तह सिखर नगर पालिका,सायल गाउपालिका, पुर्विचौकि गाउपालिका र आदर्श गाउपालिकामा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ।

 

तपाईको प्रतिक्रिया