धनगढी: अछाम क्षेत्र नं १ ख बाट सुदुरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित बनेका सुदुरपश्चिम प्रदेशका अर्थमन्त्री झपट बोहरा लाई ओली समूहले केन्द्रीय सदस्यमा नियुक्त गरेपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको पद पनि धरा’पमा परेको छ।
धेरैले मंगलबार नै मुख्यमन्त्रीले उनलाई पनि ब’र्खास्त गर्ने आकलन गरेका बेला अहिलेसम्म पदबाट हटाइएको छैन।
तर बोहराले आफै राजिनामा दिने भनेकाले मुख्यमन्त्रीले तत्काल पदमुक्त नगरेको दाबी समाचार स्रोतको छ।
उनी पदमुक्त भएमा अर्थमन्त्री बन्ने दौडमा नेकपा प्रचण्ड–नेपाल समूहका सचेतक अक्कलबहादुर रावल रहेको एक प्रदेशसभा सदस्यले बताए।