पबित्रा खड्का अछाम:अछाम जिल्लामा रगतको अभाव देखिएको छ । जिल्ला असपताल र बयालपाटा अस्पतालमा रगतको कमी भएको हो । जिल्लामा स्थायी रुपमा रक्त सञ्चार केन्द्र नहुदाँ रगत अभाव हुन थालेको हो ।
जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा केही मात्रामा रगत संकलन गरी जम्मा गर्ने केन्द्र भएपनि स्थायी रक्त सञ्चार केन्द नहुदाँ बिरामीलाई असहज हुन थालेको छ । हाल जिल्लामा रगतको अभाव देखिएको छ ।
रक्त दान गर्ने मान्छे भएपनि जम्मा गर्ने केन्द्र नुहदाँ समेत समस्या हुने गरेको छ । अछाममा बेला बखतमा बिभिन्न यूवा क्लब, नागरिक संघसंस्थाहरुले रुक्तदानको आयोजना गरी केही हद्सम्मलाई समस्या समाधान गर्ने गरेको पाईन्छ ।
उपचारका लागि आउने बिरामीलाई रगत आवश्यक पर्दा उनका आफन्तले समेत रगत दिन मान्दैनन् । स्वास्थ्य संस्थाले बिरामीको ज्यान जोगाउन आफै रक्तदान गर्ने गरेका छन् भने कतिपय अवस्थामा नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खबर गरेर रक्तदान गर्न लगाई बिरामीको दिने गरिन्छ ।
जिल्ला अस्पतालमा रगतको आवश्यक परेमा आर्मीलाई बोलाईन्छ भने कतियप अवसथामा स्वास्थ्यकर्मीले पनि रगत दान गर्ने गरेका छन् । यता बयालपाटा अस्पतालमा भने रगत अभाव देखिएको छ ।
रगत अभाव भएपछि हिजो मात्रै स्वास्थ्यकर्मीले बिरामीलाई आवश्यक पर्दा रगत दिएका छन् । अस्पतालका एचए छत्र साँउदले रक्तदान गरेका हुन् । उनले हड्डीको बिरामीलाई रगत दिएका थिए । रगत अभावमा ति बिरामीको एक दिन ढिला गरेर उपचार सुरु भएको थियो ।
यस्तै जिल्ला अस्पतालमा समेत सोमबार एक स्वास्थ्यकर्मीले रक्तदान गरेका थिए । जिल्ला अस्पताल अछाममा कार्यरत दिपेन शर्माले गर्भवती महिलालाई रगत आवश्यक पर्दा रक्तदान गरेका बताईएको छ ।