Advertisement
SKIP THIS
कैलालीको धनगढीमा व्यापारीको कन्चटमा पे’स्तोल राखेर लुट’पाट

धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले लुट’पाट गरेको पसल सञ्चालकले बताएका छन्।

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिर्चाज कार्डहरु पे’स्तोल र खु’कुरी देखाएर लुटि’एको बताए।

सञ्चालक भट्टका अनुसार उनी किराना पसलमा थिए। छिमेकमा बस्ने एक किशारी पनि पसलमा हाजमोला किन्न आएकी थिइन्। त्यही बेला मोटरसाइकल ६ लेन सडकमा पार्क गर्दै एक युवक आए।

उनले रिर्चाज मागे। रिर्चाजको रकम दिएनन्। उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले। सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पे’स्तोल राखे।

किशोरी तर्सि’एर घर फर्किइन। उनले परिवारका अन्य सदस्यलाई पसलमा भएको घट’नाको बारेमा बताइन्।

त्यतिबेलासम्म भट्टको पसलमा भएको रकम र रिर्चाज लिएर युवक फरार भइसकेका थिए।

अहिले घट’ना स्थलमा प्रहरी पुगेको छ। प्रहरीलाई भट्ट, प्रत्यक्षदर्शी ती किशोरी र अन्य छिमेकीहरुले घट’नाक्रम बताउदैछन्।

घट’नापछि उनीहरु सबै त्रसि’त बनेका छन्।

 

तपाईको प्रतिक्रिया