Advertisement
SKIP THIS
खप्तड पर्यटन विकास समितिको अध्यक्षमा डोटीका हर्कबहादुर सिंह

डोटी :सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।समितिको सदस्यमा अछाम साँफेबगर नगरपालिका ११ का  लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका २  का गणेश बहादुर शाही नियुक्त भएका हुन् ।

त्यस्तै बझाङ खप्तड छान्ना गाउँपालिका ४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका ३ का हरिपाल थापा पनि सदस्यमा नियुक्त भएका छन् ।यसैगरी महिला सदस्यमा डोटीको पूर्वीचौकी गाउँपालिका ५ की मनीषा धानुक नियुक्त भएकी छन्  ।भने बाजुराको बुढिनन्दा नगरपालिका ७ का भीम खड्का कार्यकारी अधिकृतमा नियुक्त भएको आर्थिक मामिला तथा योजना मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

आफुलाई दिइएको जिम्मेवारीबारे नजर अनलाइनलाई प्रतिक्रिया दिदै नव नियुक्त अध्यक्ष सिंहले जलस्रोत, पर्यटन र कृषि देश विकासका प्रमुख क्षेत्र भएकोले सबैको सहयोगमा आफुले सक्दो राम्रो काम गर्ने बताए ।

खप्तडको ऐतिहासिकताको अध्ययन गर्दै हालसम्म भए गरेका गतिविधिबारे यथार्थ झल्काउने श्वेत पत्र जारी गर्ने पनि आफ्नो योजना रहेको सिंहले बताए ।

यसपूर्व केन्द्रिय सरकार मातहत रहदै आएको खप्तड क्षेत्र पर्यटन विकास समितिलाई पछिल्लो समयमा प्रदेश सरकार मातहत ल्याइएको छ ।यसपूर्वका समितिहरु आर्थिक हिनामिनाका कारण निकै विवादमा पर्ने गरेका थिए । जसका कारण त्यस क्षेत्रमा राम्रो विकास पनि हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया