Advertisement
SKIP THIS
कैलालीमा २ प्रहरी ह’त्या प्रकरणका मुख्य योजनाकार सार्वजनिक

धनगढीः धनगढीमा २ प्रहरी ह’त्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरिएको छ। 

तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घ’टना घटेको प्रहरीको निष्कर्ष छ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वे’पत्ता भएका थिए।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा वि’भत्स ह’त्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै ह’त्या गरेकै अवस्थामा फेला परेका थिए।

तपाईको प्रतिक्रिया