Advertisement
SKIP THIS
वडा स्तरीय बाल स्पोन्सर सिप, संरक्षण र उत्थानसिल जिबिकोपार्जन सम्बन्धी अभिमुखि कार्यक्रम सम्पन्न

लब कुवर अछाम: वडा स्तरीय बाल स्पोन्सर सिप,बाल संरक्षण र उत्थानसिल जिबिकोपार्जन सम्बन्धी १ दिने अभिमुखि करण कार्यक्रम कमलबजार नगरपालिका वडा न. २ बजुडामा समपन्न भएको छ ।

आस्था नेपाल र वाक नेपाल आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा कमलबजार नगरपालिका वडा न.२ का वडा अध्यक्ष रण बहादुर खड्का अध्यक्ष रहेका थिए।

अभिमुखिकरण कार्यक्रममा बाल स्पोन्सर्सिप,बाल संरक्षण पर्णाली परियोजना र उत्थानसिल जिबिकोपार्जन परियोजना सम्बन्धि जानकरी गराइएको थियो ।

यस्तै कार्यक्रममा सबै वडा सदस्यहरु,आधारभुत विध्यालयका शिक्षक,स्वास्थ प्रतिनिधि,समाजसेवि,अभिभावक ,बाल क्लबका बालक र बालिका हरु वाक नेपालका परियोजना संयोजन ,फिल्ड अधिकृत ,सामाजिक परिचालक खकेन्द्र बडुवाल ,डबल प्रसाद भाट र आस्था नेपालका लभजंग कुवर सहभागिता रहेको कार्यक्रमको संचालन आस्था नेपालकी अम्बिका थापाले गरेकी थिईन ।

तपाईको प्रतिक्रिया