Advertisement
SKIP THIS
सडक ऐनलाई लत्याउदै बान्नीगढी जयगढ गाउँपालिकाले सडक क्षेत्र मिचेर प्रशासकीय भवन बनायो

तारामान खड्का अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाले सडक क्षेत्र मिचेर प्रशासकीय भवन बनाएको छ। गाउँपालिकाले जयगढ माझेठाना रामारोशन सडक क्षेत्रलाई मिचेर प्रशासकीय भवन बनाएको भन्दै चर्को बिरोध हुदै गएको छ। नागरिकका घर भत्काउन सार्वजनिक सूचना गर्ने पालिकाले आफुले भने सडक क्षेत्र मिचेर आफ्नो प्रशासकीय भवन बनाएको हो।

जयगढ माझेठाना रामारोशन सडकलाई ८ मिटर कालोपत्रे र नालि सहित ९ मिटर निर्धारण गरेपनि पालिका प्रशासकीय भवन निर्माण हुदै गरेको क्षेत्रमा सडकलाई ७ मिटर पिच निर्धारण गरिएको पुर्वाधार बिकास कार्यालय साँफेबगरका सूचना अधिकारी देबि प्रशाद उपाध्यायले बताए ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार जिल्ला मार्गको दायाँबायाँ ६ /६ मिटर सम्म कुनै किसिमका स्थाई संरचना बनाउन पाईदैन तर बान्नीगढी जयगढ गाउँपालिकाले सडक ऐन २०३१ र संशोधन २०७९ लाई ढाडै लत्याउदै आफ्नो भवन बनाईरहेको छ। यता बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदलाई ज्ञान नभएर हो या कानुनलाई ढाडै चुनौती दिएर उनलेे भने भवन मापदण्ड अनुसार भएको दाबि गर्दै आएका छन।

उनले प्रशासकीय भवनलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि बताउदै आएका छन।संघिय सरकारबाट आएको बिकास बजेटलाई कटौती गर्दै प्रशासकीय भवनमा हाल्ने गरेका छन।

तपाईको प्रतिक्रिया