Advertisement
SKIP THIS
जिसस प्रमुख कुँवरले गरे अछामका सबै स्थानीय तहमा नि:शुल्क आखाँ शिविरका लागि सम्झौता

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले जिल्लाका सबै स्थानीय तहमा नि: शुल्क आखाँ शिबिर सञ्चालन गर्नका लागि च्यारिटी हेल्थ फाउन्डेसन सँग सम्झौता गरेका छन।

मंगलबार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर र च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक त्रैलोक्य नाथ पाण्डेय बिच अछाम जिल्लाका १० वटै स्थानीय तहमा नि शुल्क आखा शिविर सञ्चालनका लागि सम्झौता भएको हो।

आर्थिक अवस्था कमजोर भएका नागरिकहरु उपचारका लागि बाहिर जिल्ला जान नसक्ने अवस्था रहेको उनलाई स्थानीय स्तरमै आखाको उपचार होस् भनेर शिविर सञ्चालनका लागि सम्झौता गरिएको समन्वय प्रमुख कुँवरले बताए ।

शिबिरमा औषधि तथा चश्माको वितरण र शल्यक्रिया द्वारा नेत्ररोग र दृष्टिदोष भएका जनतालाई सम्भावित अन्धोपनबाट जोगाइ स्वस्थ जनाशक्ति निर्माणमा सहयोग गर्ने,बिभिन्न कारणले अस्पतालको सेवाको पहुँच भन्दा बाहिर रहेका गरिब, दलित, जनजाति, एकल महिला एवं अपांगहरुको आँखा स्वास्थ्यमा सुधार ल्याउने उदेश्य जिल्ला भर शिबिर सञ्चालन गरिने समन्वय प्रमुख कुँवरले बताए ।

तपाईको प्रतिक्रिया