Advertisement
SKIP THIS
स्थानीय स्तरमा हुने खेलले खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, मन्त्री खड्का

धनगढी:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले सबै क्षेत्रबाट खेलकुद गतिविधि गरे मात्रै खेल र खेलाडीलाई न्याय हुने बताएका छन।

बुधबार स्वतन्त्र बिधार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीले आयोजना गरेको द्रोस्रो प्रदेश स्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री खड्काले खेलले समग्रमा ठाउँ र खेलाडीको सान गौरव बढाउने काम गर्ने बताएका छन।

अहिले पनि सुदूरपश्चिमका खेलाडीहरुले समग्र सुदूरपश्चिमको नाम चिनाउन काम गरेको बताए । यस्ता खेल भईरहे लुकेर बसेका प्रतिभाहरु उजागर गर्ने खेलाडीहरुले मौका पाउने र स्थानीय स्तरमा हुने खेलहरुबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने बताए ।

खेल खेल्ने भनेकै युवा शक्ति भएको पछिल्लो समय युवा पुस्ताहरु कुलतमा फस्ने गरेकाले युवाहरुलाई यस्ता अतिरिक्त क्रियाकलापमा लगाउन सके फाईदा पुग्ने बताए ।खेलकुदले हाम्रो शारीरिक स्वास्थ,मानसिक स्वास्थलाई तन्दुरुस्त राखी स्वास्थ मानिस बनाउने र स्वास्थ मानिसले देश बिकासमा टेवा पुग्ने नागरिक बनाउन पनि कर्तव्य भएको मन्त्री खड्काले बताए ।

तपाईको प्रतिक्रिया