Advertisement
SKIP THIS
गृह जिल्ला पुगेर भिम रावलले भने,अवस्था आए पार्टी छोड्छु

निराकरण खबर अछाम:नेकपा एमालेका नेता पुर्व उपप्रधानमन्त्री भिम रावलले अवस्था आए पार्टी छोड्न पनि तयार रहेको बताएका छन।

भिम रावलको लागि प्रेस चौतारी अछामले पत्रकार सम्मेलन गरे पदाधिकारीलाई कारवाहि गरिने भनेर नेतृत्वबाट दवाव आएको अब पत्रकार सम्मेलन गरियो उहाँहरुलाई कारवाहि गरे के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा रावलले आफुले पार्टी छोड्ने बताए ।

आफू एमाले सदस्य,प्रतिनिधि परिषद् सदस्य भएको बताउदै रावलले प्रेस चौतारीका साथिहरुलाई कारवाहि गर्ने भन्ने कुरा नै हास्यास्पद भएको नेपाललाई अलग बनाउछु भन्नेलाई सरकारमा सहभागी गराउने, बिचार नमिल्ने सँग गठबन्धन गर्ने,संविधान दिवसलाई कालो दिन भनेर मनाउनेहरुलाई मन्त्री बनाउने,महिला काण्ड लागेकालाई काखमा च्याप्ने,
देशको लागि लड्ने भिम रावललाई पार्टीबाट कसैलाई निकाल्ने मन भए निकाल्न भने।

पत्रकारीता जस्तो पेशागत संगठन रहेका पत्रकारहरुलाई आफ्नो कार्यक्रम गए भन्ने जनताले कारवाहि गर्न,एमालेका कार्यकर्ताले कारवाहि गर्ने आह्वान गरे । आफू आवश्यकता परे जनता माझ जाने बताए । पत्रकारलाई कारवाहि गर्छु भन्नू निकृष्ठ कुरा भएको, लोकतन्त्रमा अरुका कुरा सुन्ने कसैको जान प्रतिबन्ध लगाउने कुरा खोज्नेहरु निरङ्कुण राणाशासनका भुतप्रेत भएको रावलले बताए

तपाईको प्रतिक्रिया