Advertisement
SKIP THIS
गणेश चतुर्थीको अवसरमा साँफेबगरमा भगवान गणेशको प्रतिमा स्थापना

निराकरण खवर अछाम:भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी शनिबार भगवान् गणेशको जन्मदिनको अवसरमा साँफेबगरमा गणेश भगवानको प्रतिमा स्थापना गरिएको छ।

असोज १ गते हुने गणेश मेलाको लागि अछामको साँफेबगरमा रहेको गणेश मन्दिरमा गणेश भगवानको प्रतिमा स्थापना गरिएको छ।

शनिबार साफेबगर एयरपोर्ट बजार समितिको आयोजनामा पुजा आजाका साथ बजार परिक्रमा गरि साँफेबगर नगरपालिका परिसरमा रहेको गणेश मन्दिर भगवान गणेशको प्रतिमा स्थापना गरिएको हो।

हरेक वर्ष भगवान् गणेशको मुर्ति स्थापना गरी पुजा आरधान गरि गणेश मेला मनाउदै आईरहेको एयरपोर्ट बजार ब्यावस्थापन समिति अध्यक्ष राम बहादुर कुँवरले बताए ।

आज राखिएको भगवान गणेशको प्रतिमाको असोज १ गते गर्ने र मेलाको आयोजना समेत हुने मेलामा देउडा खेलको आयोजना गरीएको र मेला व्यवस्थापनका लागी विभिन्न समितिहरुको गठन गरिएको अध्यक्ष कुँवरले जानकारी बताए।

तपाईको प्रतिक्रिया