Advertisement
SKIP THIS
अछाममा भरुवा बन्दुक एकै ठाउँका दुई जना प्रकाउ

निराकरण खबर अछाम:अछाममा भरुवा बन्दुक सहित एक जना प्रकाउ परेका छन।शुुक्रबार दिउँसो पौने ४ बजे तिर जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ९ ओखरगैरा ६८ बर्षिय नन्दराम साउँद र सोही ठाउँका ६७ बर्षिय चिन कार्की प्रकाउ परेका छन् ।

घरमा १ नाले भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कालेकाँडाबाट प्रहरी सहायक निरिक्षक राम सिंह फरालको कमाण्डमा खटिएको टोलीले उनिहरुलाई प्रकाउ गरेको हो।

साउदले घर नजिक बारीमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक थान सिसाको गोली १३ वटा तथा बारुद र सोहि ठाउँका चिन कार्कीले सुत्ने कोठामा लुकाई छिपाइ राखेको १ नाले भरुवा बन्दुक थान सिसाको गोली ९ वटा र बारुद सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रशाद भण्डारीले बताए । दुबै जनालाई नियन्त्रणमा लिइ कानुनी कारबाही अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया