Advertisement
SKIP THIS
जंगली जनावर बादर र बदेलका कारण सिङ्गो गाउँकै उठिबास

निराकरण खबर अछाम:अछाममा पछिल्लो समयमा जंगली जनावरहरुको आतङ्क बढ्दै गईरहेको छ ।किसानहरुले खेतिबाली लगाएपनि जंगली जनावरहरुले नष्ट गरिदिने गरेका छन् ।एक त बेरोजगारीका कारण मानिसहरु खेति लगाउन छोडेर भारत सहित अन्य मुलक गईरहदाँ गाउँ घर खाली खण्डहर बनिरहदाँ गाउँमा बसेकाहरु समेत बस्ने अवस्था छैन ।

जति खेति लगाएपनि बाली भित्र्याउने बेला जंगलि जनावरहरुले सखाप पार्न थालेपछी अन्य किसानहरुले समेत खेतिबाली लगाउन छोडेका छन । दिउँसो बादरले खाने राति बदेलका हुल का हुल आउने गरेका अछामको साँफबगर नगरपालिका १० घुघुरकोट संग्रामताेलिका कम्मान खड्काले बताए । कति लखेट्न सक्ने गाउँमा मानिस नहुदाँ उल्टै बादरहरुले आक्रमण नै गर्न आउछन् । दिउसो भरि काम गरेर राती सुत्नसम्म नपाईने राति कुर्न बसेका बेलामा समेत बाली नष्ट गर्ने गरेका जंगली जनावरले सताएपछी गाउँबाट बसाईसरी जानेहरु बढ्दै गएका गाउँमा ४५ घरपरिवार भएपनी हाल १० घरपरिवार मात्रै रहेका शिक्षक समेत रहेका खड्काले बताए ।

७ बर्ष पहिले गाँउमा जति खेतिपाति लगाएर घर परिवार पाल्नेहरु जंगली जनावरले सताएपछी गाउँ छोड्न बाध्य भएका हाल उनिहरु मजदुरीका लागी सपरिवार भारत गएका र गाउँमा रहेका हरु समेत जान तर्खर गरिरहेका उनिहरु गएपछि गाउँनै खाली हुने अवस्थामा पुगेको खड्काले बताए ।बिगतमा खेती लगाएर घर भरि खाद्यन्न हुने त्यो खाद्यन्न बर्षभरि पुगेर गाई बस्तुलाई पुगेर समेत हुने गरेकोमा हाल जेठमा रोपाई हुने खेतहरु जंगली जनावरका कारण बाझै रहेका उनले बताए ।

साँफेबगर नगरपालीकाको संग्रामताेलि मात्रै होईन अछाम जिल्लाका अधिकासं ठाउँहरुमा जंगली जनावरहरुका कारण किसानहरु आजित बनेका छन । जंगली जनावर नियन्त्रणका लागि ३ तहका सरकार भएपनि कुनै पनि निकायबाट नियन्त्रणका लागी प्रयास भएको छैन ।जंगली जनावरहरुले लगाएको बालिनालि सखाप पार्न थालेपछि बर्षेनि खेतियोग्य जमिन बाझो रहदै गएको छ । यसतर्फ सोच्न ढिलो गर्नु हुदैन ।

तपाईको प्रतिक्रिया