Advertisement
SKIP THIS
बयालपाटा जिप दुर्घटना:६ डिस्चार्ज भए २ को उपचार हुँदै

अछामः अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका मटेनामा जिप दुर्घटना हुँदा जिपमा चालक सहित ११ जना सवार रहेकोमा ८ जना घाइते भएका हुन्।

चौरपाटी गाउँपालिकाबाट मंगलसैनतिर जाँदै गरेको डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का लक्ष्मण साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२३८ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। जिप नालीमा खसेको थियो।

घाइते भएका मध्ये ६ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने चौरपाटी गाउँपालिका–२ का १८ वर्षीय प्रेम साउँद र १८ वर्षीया प्रिती साउँदको उपचार भइरहेको छ। घाइते प्रेमको अवस्था मध्यम र प्रितीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मंगलसैनमा जारी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै गरेको जिप दुर्घटनामा परेको हो।

तपाईको प्रतिक्रिया