Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद बिरुद्ध अख्तियारमा उजुरी

निराकरण खबर अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ।

अध्यक्ष साउदले बान्नीगढी १ गाज्रा हुँदै बग्ने छिपेखोलाबाट साफेबगरका क्रसर ब्यापारी दिर्घ ठकुल्लालाई ढुंगा, गिट्टी बालुबा सहज रूपमा साँफेबगर नगरपालिकामा रहेको क्रसर उद्योगमा लैजान सक्ने गोप्य सहमति दिएको भन्दै अख्तियारमा उजुरी परेको हो।

गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार ब्याक्तीले निहित स्वार्थ सिद्ध गर्ने उदेश्यले छिपेखोला दोहन गराई निर्माण व्यवसायी दिर्घ बहादुर ठकुल्लाबाट ठुलो धनरासी कमिसन लिने गरेको र यसमा सम्बन्धित वडाका अध्यक्ष गजेन्द्र बहादुर खड्का समेत भागेदार बनेका भन्दै उजुरी अख्तियारमा पुगेको हो।

यस्तै अध्यक्ष साउदले साँफेबगर गौरवको योजना सडक स्तर उन्नति शिर्पकमा गत आर्थिक बर्ष २०८०/८१ को बिनियोजित १० लाखको काम नै नगरी प्राविधिकहरुलाई जबर्जस्ती बिल उठाउन हिनामिना गरेको भन्दै छानबिन गरि कारवाहि माग गरिएको छ।

तपाईको प्रतिक्रिया