Advertisement
SKIP THIS
बयालपाटामा जिप दुर्घटनामा परेका हरुको पहिचान खुल्यो

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका ८ चण्डिका बयालपाटामा जिप दुर्घटना भएको छ।

बुधबार दिउँसो साढे ३ बजेतिर साँफेबगरबाट मंगलसेन जादै गरेको सु प प्र ०१००१ ज १२३८ नम्बरको जिप मध्यपहाडी राजमार्गको बयालपाटा मोटेनेमा जिप दुर्घटना भएको हो।

तिब्र गतिमा रहेको जिप बिपरित दिशाबाट आईरहेको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भएर नालिमा खसेको छ। दुर्घटनामा हुदाँ करिव १० जना घाइते भएका छन।उनिहरु सबैलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ।

दुर्घटनामा परि घाइते हुनेमा चौरपाटी गाउँपालिका १ की १९ बर्षिय कल्पना थापा, १९ बर्षिय देवकी थापा,१८ बर्षिय लक्ष्मि साउँद, साँफेबगर नगरपालिका ४ कि १७ बर्षिय पुजा सुनार, चौरपाटी गाउपालिका २ का २९ बर्षिय लोकेन्द्र बहादुर साउँद,सोही ठाउकै १८ बर्षिय तुल्सि साउँद ,सोही ठाउँका १ ८ बर्षिय प्रेम साउँद, सोही बर्षिय १८ बर्षिय प्रति साउँद रहेका छन ।उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ।

जिप नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन मंगलसेन जादै गरेको चौरपाटी गाउँपालिकाका बिधार्थीलाई लिएर जादै गरेको थियोे ।

तपाईको प्रतिक्रिया