निराकरण खबर अछाम:बालमन्त्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा रहेको मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडालाई जिल्ला स्तरको सयुक्त अनुगमन गरिएको छ।
मंगलबार जिल्ला स्तरको सयुक्त अनुगमन गरिएको छ।मंगलबार जिल्ला समन्वयको नेतृत्वमा गएको एक टोलिले बालमन्त्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा रहेको मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडालाई अनुगमन गरिएको हो।
बालबालिका सुरक्षित भई बाच्न पाउने हक प्रदान गर्न,संरक्षण सम्बन्धि हक प्रदान गर्न, बिकास सम्बन्धि हकको प्रबर्द्धन गर्न,बालबालिकाको लागि आधारभुत सेवा प्रवाहका लागि बालमैत्री स्थानीय शासनको उदेश्य रहेको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताए ।
निकट भबिस्यमा पालिकालाई नै बालमैत्री वडा घोषणाका लागि काम थालिएको बाल बचाउ,बाल सहभागीता,संस्थागत बिकासमा थप टेवा पुग्ने बिश्वास गरिएको उपाध्यक्ष खड्काले बताए ।गाउँपालिका समेत बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनलेे बताए ।
बालमैत्रि स्थानीय शासन घोषणाका लागि सरकारले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०७८ ले विभिन्न ५१ वटा सूचक निर्धारण गरेको छ। सरकारले तोकेका ५१ वटा सूचक पुुरा गरेपछि यहीँ २३ गते आस्था नेपाल र वर्ड भिजनको सहकार्यमा मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडालाई बालमैत्रि स्थानीय शासन वडा घोषणा गरिदैछ।