निराकरण खबर अछाम:लामो समय देखि बन्द रहेको सुदूरपश्चिमका पहाडी जिल्ला अछाम र बझाङमा समिट एयरलाइन्स सोमबार उडान भर्न सकेन।
सोमबार धनगढी बझाङ,बझाङ धनगढी र धनगढी साफेबगर,साफेबगर धनगढी प्रतिकुल मौसमका कारण उडान हुन नसकेको एयरलाइन्सले जनाएको छ।
सुदूरपश्चिमका पहाडि जिल्लामा मौसम सामान्य रहेपनि नेपालगन्जबाट हुम्लाको सिमिकोटमा उडान भरेको जहाज सिमिकोट पुगेपछि मौसममा खराबी आउदा सिमिकोट नै रोकिएकाले अछाम र बझाङमा जहाज आउन नसक्ने जानकारी प्राप्त भएको अछाम प्रमुख बिजय कुँवरले बताए ।
सिमिकोटबाट धनगढीमा आउनु पर्ने विमान प्रतिकुल मौसमका कारण सिमिकोट मै रोकिदा सुदूरपश्चिमका पहाडी जिल्लामा उडान हुन नसकेको कुँवरले बताए ।
करिब ६ महिना देखि बन्द रहेको समिट एयरलाइन्सले सोमबार र बुधबार हप्ताका २ दिन उडान गर्ने तालिका रहेको छ। सोमबार धनगढीबाट साँफेबगर,साँफेबगर धनगढी र बुधबार धनगढीमा साँफेबगर,साफेबगर नेपालगन्ज उडानको तालिका रहेको कुँवरले बताए ।आज पहिलोपटक उडान नहुदाँ २० गते धनगढी अछाम,अछाम धनगढी उडान हुने कुँवरले बताए ।