Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाले जडान गरेका सिसिटिभि क्यामेरा ३ दिनमै बिग्रिए

निराकरण खबर अछाम: अछामको साँफेबगर नगरपालिकाले जडान गरेका सिसिटिभि ३ दिनमै बिग्रिएका छन। नगरपालिकाले वडा नं ३ हाटबजारको बैद्यनाथ प्रवेशद्धार, प्रभालि गाडमा रहेको पक्किपुल नजिक, जिरो पोईन्ट र मंगलसेन, बाजुरा छुट्टीने सडक बुढिगंगा पक्किपुल र साँफेबगर नगरपालिका ४ एयरपोर्ट बजारको जनकल्याण माध्यमिक बिधालय, महालक्ष्मी विकास बैंकको अघाडि सडक छेउ, छिपेखोला बाईपास चोक आसपास, छिपेखोला पक्कीपुल जाने मोड क्षेत्र गरी ८ ठाउँमा असार पहिलो साता सिसिटिभि क्यामेरा जडान गरेको थियो।

तर जडानको ३ दिनमै क्यामेराले काम गर्न छोडेपनि हालसम्म भने क्यामेरा मर्मत भएका छैनन् । साँफे एयरपोर्ट बजारमा जडान गरिएका ४ मध्ये ३ वटाले काम नगरेको जनकल्याण टोलमा जडान गरेको क्यामेरा मात्रै काम गरिरहेको त्यो पनि बिधुत भएका बेला मात्रै काम गर्ने गरेको ईलाका प्रहरी साँफेबगरका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।

यस्तै साँफे हाटबजारमा रहेका ४ मध्ये २ वटाले मात्रै काम गरिरहेको छ। क्यामेरा काम नगरेको भनेर वडाध्यक्षलाई र नगर प्रमुखलाई जानकारी गराउदाँ समेत हालसम्म मर्मत नगरिएको जडान गर्ने भरत कडायतलाई पटक पटक फोन गर्दा नउठाउने गरेको प्रहरी निरीक्षक साउदले बताए ।

साँफे हाटबजारमा रहेका ४ वटा सिसिटिभि क्यामेराको निगरानी जिल्ला ट्राफिक कार्यालय साँफेबगरबाट र एयरपोर्ट बजारमा रहेका ४ वटा क्यामेराको निगरानी इलाका प्रहरी कार्यालय साँफेबगरमा रहेका छन।

नगरपालिकाले सिसीटिभि क्यामरा जडानका लागी २०७८ मै ८ लाख ५० हजार भुक्तानी गरेपनि जडान गरेको थिएन। बिभिन्न सञ्चार माध्यम सिभिटिभि जडानको लागि पैसा भुक्तानी भएपनि जडान नभएको भन्दै समाचार प्रकाशित भएपछि २०८१ असारमा नगरपालिकाले जडान गरेको थियोे ।

तपाईको प्रतिक्रिया