Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम केन्द्रको सति कहिले सम्म जान्छ ?

निराकरण खबर अछाम:नेपाली राजनीतिमा नेपाली कांग्रेसको इतिहास लामो छ। कयौं उतार चढाप बेहोर्दै नेपाली कांग्रेस आज यो अवस्थामा पुगेको छ। देशमा नेपाली कांग्रेसको नेतृत्वमा भएको परिवर्तनमा अछाम कांग्रेसको अन्य सरह योग्दान छ। अछाम जिल्ला समेत नेपाली कांग्रेस बलियो स्थानमा छ। १० स्थानीय तहको भएको अछाममा ७ स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व रहेको छ।२ संघिय क्षेत्र मध्ये अछाम क्षेत्र नं २ बाट नेपाली कांग्रेसबाट निर्वाचित माननीय र अर्को समाजबादिका त्यो पनि कांग्रेसकै मतबाट

कांग्रेस अछामले ६१ वर्षपछि नेपाली केन्द्रीय सदस्य पाएको छ।
१४ महाधिवेशनमा पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्दबहादुर शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।त्यो नै कांग्रेस अछामको ६१ बर्ष देखि अहिलेसम्मको उपलब्धि हो।२०१७ सालमा नेपाली कांग्रेसको ७ औं महाधिवेशनबाट अछामबाट दिलबहादुर बुढ्थापा पहिलो केन्द्रीय सदस्य भएका थिए ।

अछाम कांग्रेसले हालसम्म नत पार्टीको महत्त्वपूर्ण पद पाएको छ, नत अछामबाट कांग्रेसका नेता माथिल्लो पदसम्म पुगेका छन् ।कांग्रेस अछामका नेताहरू केन्द्रीय नेतृत्वको एस मेन बन्दा अहिलेसम्म कांग्रेस अछामले कुनै पद पाउन नसकेको कांग्रेस अछामका कार्यकर्ता बताउँछन् । अन्य दलबाट पार्टीको पद र पार्टीबाट पाउने राजनीतिक पदमा अवसर मिलेपनि कांग्रेस अछामले त्यो पाउनै सकेको छैन ।अछामको तुलनामा अन्य सबै जिल्लाहरुले कांग्रेसको पद र पार्टीबाट पाउने राजनीतिक पद पाएका छन।छिमेकी जिल्ला बाजुराले त केन्द्रीय सह महामन्त्री देखि सरकारको मन्त्री मण्डलमा सहभागी हुने अवसर पाएको छ। तर पहाडी क्षेत्रको दुई वटा निर्वाचन क्षेत्र भएको अछामले कुनै अवसर पाउन सकेको छैन।

प्रदेशमा समेत कांग्रेस अछामलाई उपेक्षा

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा समेत अछाम कांग्रेसलाई उपेक्षा गरेको छ। केन्द्रीय सभापति शेर बहादुर देउवा र उनकि पत्नि आरजु राणा देउवालेको सुदूरपश्चिम प्रदेशमा दवदवा छ।उनिहरुले जे चाह्यो त्यै हुन्छ ।देउवा जोडिका कारण सुदूरपश्चिम जुनियर हरु सरकारको नेतृत्व गर्ने अवसर पटक पटक पाउदै आएका छन।

प्रदेशका महामन्त्री अछामका मेघराज खड्का प्रदेश सांसद हुदाँ समेत उनी सरकारको नेतृत्व त परै जावस् सरकारमा सहभागी हुन सकेका छैनन् । द्रोस्रो पटक सुदूरपश्चिममा कांग्रेसका कमल बहादुर शाहले मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन यसपटक सुदूरपश्चिम प्रदेशका महामन्त्री तथा प्रदेश सांसद मेघराज खड्कालाई मन्त्री मण्डलमा सहभागी गराउनु पर्ने दवाव अछाम कांग्रेसले दिईरहेको छ।नेपाली कांग्रेस अछाम अब कति सम्म केन्द्रको सति कहिले सम्म जान्छ भनेर अछाम कांग्रेसका कार्यकर्ताहरुले प्रश्न गरिरहेका छन।

तपाईको प्रतिक्रिया