Advertisement
SKIP THIS
नेविसंघको विद्यालय पाठ्यक्रम अध्ययन, अनुसन्धान समितिको संयोजकमा कुँवर

अछाम: नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सदस्य रमेश कुँवरलाई नेविसंघले विद्यालय पाठ्यक्रम अध्ययन, अनुसन्धान समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

२०८० साल चैत्र २२ गते सम्पन्न भएको नेपाल विद्यार्थी संघको प्रथम ऐतिहासिक बैठकोले विद्यालय पाठ्यकम अध्ययन, अनुसन्धान समितिको बनाउने निर्णय गरेको थियोे ।सोही निर्णय अनुरुपनेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मंगलबार केन्द्रीय सदस्य कुँवरलाई संयोजकको जिम्मेवारी दिए ।

अछामको साँफेबगर नगरपालिका ९ बुढाकोटमा जन्मिएका कुँवरले त्रिभुवन विश्वविद्यालयबाट भौतिक विज्ञानमा एमएस्सी र बीएड गरेका छन् ।

कञ्चनपुरको महेन्द्रनगर स्थित सनराइज पब्लिक माध्यमिक बिधालयको २०६८ सालमा नेविसंघ इकाई सचिव भएर बिधार्थी राजनितीमा लागेका थिए ।

तपाईको प्रतिक्रिया