Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकाले पुर्वाग्रह राखेर कर्मचारी हटायो

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिकाले पुर्वाग्रही ढंगले करार कर्मचारीलाई हटाएको छ। गाउँपालिकाले २०८१ असार ४ गते को निर्णय भन्दै १६ जना कर्मचारीको साउन १ गते देखि करार सम्झौता नगर्न भनेको थियोे । करार सम्झौता नगरिएका १ जना नायब सुब्बा राजश्व शाखा,५ जना प्राविधिक शाखामा कार्यरत कर्मचारी,पशु सेवा शाखामा कार्यरत २ जना ६ अहेव ,सूचना प्रविधि सहायक १ र बैघ अभिकर्ता १ जनको करार सम्झौता नहुने भनेको थियो ।

यता करार नथपिएका कर्मचारीहरुले भने गाउँपालिका नेतृत्वले पुर्वाग्रह राखेर आफुहरुलाई हटाउने काम भएको बताएका छन् । उनिहरुले प्रेस बिज्ञप्ति जारी गर्दै असार ४ गतेको निर्णय खारेज हुनुपर्ने माग गरेका छन।

हटाउनु पर्ने भए सबैभन्दा पहिले दरबन्दीनै नभएका कर्मचारी हटाउनु पर्ने र त्यसपछि मात्रै गाउँपालिका भरीका सबै करार कर्मचारी हटाउनु पर्ने माग गरेका छन।गाउँपालिका नेतृत्व बिना बिज्ञापन आफ्नो खल्तीबाट राखेर कर्मचारी नहटाई पुर्वाग्रह राखेर आफुहरुलाई हटाउने काम गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।एक हप्ता भित्र असार ४ गतेको निर्णय खारेज नभए चरणबद्ध रुपमा आन्दोलनका घोषणा गर्ने चेतावनी दिएका छन।

तपाईको प्रतिक्रिया