Advertisement
SKIP THIS
पुनम घिमिरेको उपन्यास “दृढ पाइला” सार्वजनिक हुँदै

काठमाडौं:पुनम घिमिरे कृत उपन्यास “दृढ पाइला” शुक्रवार सार्वजनिक हुने भएको छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाइरहनु भएकि घिमिरेको उपन्यास दृढ पाइला यहि १२ गते दिनको १ बजे प्रज्ञाभवन लेख नाथ सभा हलमा सार्वजनीकरण तथा अन्तक्रिया कार्यक्रमको तय भएको छ ।

कृतिकार घिमिरेका आँखी झ्याल कवितासङ्ग्रह, अक्षर भरि पुनम गीतिसङ्ग्रह, अर्पण बाल गीतिसङ्ग्रह लगायत आधा दर्जन गीत रेकर्डिङ भैसकेका छन् ।

कृति सार्वजनिकरण कार्यक्रममा उपस्थितिका लागि आयोजक नेपाली लेखक संघ काठमाडौले सम्पूर्ण साहित्यप्रेमिलाई निमन्त्रणा गरेको छ ।

तपाईको प्रतिक्रिया