Advertisement
SKIP THIS
कृर्षी पेशामा जमेका र रमाएका भरत

अछाम जिल्लाको रामारोशन गाउँपालिका ४ का भरत बिष्ट अछाम जिल्लामै एक सफल कृषक हुँन। ३४ बर्षीय भरत गाउँमै कृर्षी पेशामा जमेका मात्रै होईन रमेका समेत छन । सामान्य परिवारमा त्यो पनि अछामको बिकट क्षेत्र रामारोशनमै जन्मीएका भरतले गाउकै स्थानिय बिद्यालयबाट एसएलसी सम्म पास गरे । श्रीमती २ छोरी र १ छोरा र आमाबुवा भरतको परिवारमा छन । भरतले गाउँमै ३० रोपनि क्षेत्रफलमा कृर्षी कर्म गरिरहेका छन । आर्थीक बर्ष २०८० ८१ मा अछामा जिल्लामा तरकारी खेतिमा उत्कृष्ठ किसान बनेका भरतको संघ्रर्सको कथा यस्तो छ ।

सामान्य परिवारमा जन्मीएका भरतले गाउकै स्थानिय बिद्यालयबाट एसएलसी सम्म पास गरे । उच्च शिक्षा अध्यायन गर्न आर्थीक अवस्थाले साथ नदिएपछि उनि बिदेश हानिए । २०७० साल तिर पैसा कमाउने सपना बोकेर दुवई लागेका भरतलाई दुवई सोचेजस्तो भएन,२ बर्ष दुवई बसेका उनि पुनःह मलेसिया हानिए, मलेसियामा उनलाई झनै अप्ठेरोमा परे किनकी जे कामका लागी उनि म्यापावर मार्फत मलेसिया गएका थिए तर त्यहा अर्कै काम गर्नुपर्यो ,अब त बिदेशमा बस्नु हुदैन भन्दै आफ्नै गाउँ ठाउँमा केही गर्नु पर्छ भन्दै १ बर्ष नपुग्दै मलेसियाबाट उनि आफ्नै गाउँ फर्किए ।

कृषि प्रधान देशमा कृषि पेशाबाट नै ब्याबसायिक बन्न सकिने जोसका,बिदेशमा बगाएको पसिना फेरी आफ्नै बारीमा बगाउने निधो गरे । सुरुमा ३ रोपनी खुर्सानीबाट कृर्षी पेशा गरेका उनले खेति गर्ने क्रममा सबिकको कृषि सेवा केन्द्रका कृषि प्राबिधिकसंग परामर्श गरी कृषि बिकासका सरोकारवाला निकाय संग सहयोग लिने अबसरले उनलाई झनै उत्प्रेणा जगायो । हाल उनले ३० रोपनीमा तरकारी खेति गर्दै आएका छन ।उनले तरकारी खेतिमा प्राङ्गारिक मल हाल्ने गरेका छन । प्राङ्गारिक मलका लागि ३ रोपानीमा कुखुरा पालन,भैसि, बाख्रा बंगुर पाल्दै आएका छन । उनले उत्पादन गरेका तरकारी कुखुरा फमबाटै बिक्री हुने गरेको र बाकी उत्पादन सडक संजालको माध्यामबाट रामारोशनकै खाल बाजार मुजाबर सम्म पनि पुग्ने गरेको छ ।हालसम्म बजारको कुनै समस्या भरतले बेहोर्नु परेको छैन ।

पालीकामा मात्रै होईन अछाम जिल्लामै उत्कृष्ठ कृषक भरतले २०७३ सालमा ३ रोपनी खुर्सानी खेति र १२० वटा लोकल र बोईलर कुखुरा पालनबाट ब्याबसायको सुरु भयो ।२०७४ ÷ ०७५ सालमा काउली,बन्दा,काक्रा र गोल्भेडा खेति ५ रोपनीमा बिस्तार गरे ।जुन ब्याबसायबाट उनलाई बार्षिक ३ लाख आम्दानी भयो । २०७६ ÷ ०७७ सालमा हेमन्त कृषि तथा पोल्टि फर्म नामक कृषि फर्म दर्ता गरि ८ वटा प्लाष्टिक घर निर्माण गरे बेमौसमि तरकारी खेतिको बिस्तार गरेका उनका आम्दानी बढ्दै गयो । २०७८÷०७९ मा बृहतरुपमा तरकारी खेती गर्ने उदेश्यका साथ २५ रोपनीमा २८ वटा पलाष्टिक घर निर्माण गरि ब्याबसायलाई झन ससक्त अगाडि बढाएका भरतलाई बार्षिक ७ लाख आम्दानी हुदै गयो ।२०८०÷ ०८१ मा पनि प्लाष्टिक घरमा बेमौसमि तरकारी खेतिबाट मनग्य आम्दानी हुदै आएको छ । जसबाट बार्षिक १० देखी १२ लाख सम्म आम्दानी हुँदै गएको छ ।करिब १ दशक कृषि पेशामा आवद्ध हुँदा भरत बिष्टले कृषि पेशाबाट नै कैलालीको लम्कीमा १ कठ्ठा जग्गा करिब ३५ लाख बराबरको सहित चार कोठे पक्की घर निर्माण गरी ,छोराछोरी बोर्डिङ स्कुल पढाई रहेका छन ।उनले यसै पेशा बाट १ मोटरसाईकल र १ मिनिटिलर पनि खरिद गरेका छन।आमा बुवाको स्वास्थ्य उपचार खर्च र जीबनलाई आबश्यक पर्ने रकमको जोहो पनि यसै पेशाबाट हुदै आएको उनले बताए ।

हालसम्म कृषि पेशामा लागे देखि अहिले सम्म सहयोग गर्ने साबिकको जिल्ला कृषि बिकास कार्यलय कृषि सेवा केन्द्र शान्तडा, रामारोशन गाउँपालिका कृषि बिकास शाखा, कृषि ज्ञान केन्द्र अछाम,ग्रामीण जलस्रोत परियोजना र स्थानिय सरकारका जनप्रतिनिधी समेत रहेका भरतले बताए । आगमी बर्षमा बेमौसमि तरकारी खेतिलाई बिस्तार गर्नेको लागि १५रोपनी जग्गा भाडामा लिने कुखुरा पालन र बंगुर पालनलाई पनि बिस्तार गरि आधुनिक खोर निर्माण गर्ने योजना रहेको भरत बताउछन । हाल उनले ३ जनालाई रोजगारी दिएका भरतले थप ३ जना कामदारलाई रोजगारी दिने योजनाका साथ काम गरिरहेको बताए ।

कृषि पेशालाई आधुनिक र ब्याबसायिक बनाउनको लागि युवाहरुलाई आफ्नै देशमा कृषि पेशा गरि आत्मनिर्भर बन्न कर्म गुनाको फल अवश्यम्भावी छ जिउँदै म¥याको भनी नाउँ कसको, उद्यम बिना बित्दछ काल जसको। झुटको खेती नगरौं। उब्जिएको अन्नपात हामीले नै खानुपर्छ। अर्गानिक खेतीतर्फ उन्मुख हौँ, सबैको हित त्यसैमा छ। स्वास्थ्य नै धन हो। अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थकर खाना देश र स्वास्थ्यलाई हानिकारक छ उनि भन्छन्कृ षकहरुको समस्या निराकरणको लागि बजार ब्याबस्थापन अनुदान प्रतिशतमा बृद्धि कृषि यान्त्रिकरण र कृषि समाग्रिको न्यायचित बितरण गर्न उनि सरोकारवाला संग भरतको अपेक्षा छ । कृर्षी पेशालाई सम्मानित पेशा र किसानलाई सम्मान गर्न सकेमात्रै कृर्षी पेशामा लाग्ने मान्छे बढ्न सक्ने उनको बिश्वास छ।

तपाईको प्रतिक्रिया