Advertisement
SKIP THIS
अछाममा सबैभन्दा बढी बेरुजु साँफेबगरमा ३३ करोड सबैभन्दा कम बान्नीगढीमा ४ करोड

तारामान खड्का अछाम:अछामका १० ओटा स्थानिय तह मध्ये सबैभन्दा बढी बेरुजु साँफेबगर नगरपालीका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालीकामा रहेको छ ।

आर्थीक बर्ष २०७८÷०७९ मा २८ करोड ७५ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्मरु.३३ करोड १८ लाख ५१ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ । नगरपालीकाले असुल गर्नुपर्ने रू. ४२ लाख ११ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २ करोड ९१ लाख ९४ हजार, नियमित गर्नुपर्ने रु.४६ लाख ९१ हजार, शोधभर्ना नलिएको रु.१ लाख ३६ हजार र पेश्की बाँकी रु.६० लाख ९५ हजार समेत रु.४ करोड ४३ लाख २७ हजार रहेको छ ।

यस्तै रामारोशन गाउँपालीमामा आर्थीक बर्ष २०७८÷०७९ मा १९ करोड ८६ लाख ९२ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्म .२८ करोड ८९ लाख २१ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।गाउँपालीकाको असुल गर्नुपर्ने रू.५ लाख १४ हजार, नियमित गर्नुपर्ने रु. २३ लाख ६९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ३ करोड ७२ लाख १६ हजार र पेश्की बाँकी रु.१ लाख ३० हजार समेत रु.४ करोड २ लाख २९ हजार रहेको छ ।

यस्तै ढकारी गाउँपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा १४ करोड ४९ लाख ३९ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्म .२० करोड ९२ लाख १३ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ।गाउँपालिको असुल गर्नुपर्ने रू. २९ लाख ४८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ४ लाख ६१ हजार, नियमित गर्नुपर्ने रू. ४ करोड ४९ लाख ५ हजार, सोधभर्ना लिनुपर्ने रू. ४३ लाख ९८ हजार र पेश्की बाँकी रू. २० लाख ६२ हजार समेत रू. ६ करोड ४७ लाख ७४ हजार रहेको छ।

यस्तै चौरपाटी गाउँपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा १४ करोड ७० लाख ५१ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्म .१७ करोड ४० लाख २८ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।गाउँपालिकामा असुल गर्नुपर्ने रू.२३ लाख ६ हजार, नियमित गर्नुपर्ने रु. ३९ लाख १३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु.२ करोड ५ लाख ५८ हजार र शोधभर्ना गर्नुपर्ने रु.२ लाख समेत रु.२ करोड ६९ लाख ७७ हजार रहेको छ।

तुर्माखाँद गाउँपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा १२ करोड ८३ लाख १७ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्म . १४ करोड ६२ लाख ८७ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।गाउँपालीमा असुल गर्नुपर्ने रू. ४१ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ९५ लाख ७८ हजार, नियमित गर्नुपर्ने रू. ८५ लाख ६५ हजार र पेश्की बाँकी रू. ४ लाख ८२ हजार समेत रू. २ करोड २७ लाख ५६ हजार रहेको छ।

यता मेल्लेख गाउँपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा १२ करोड ३५ लाख ३६ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्म रु.१३ करोड ७७ लाख ७८ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।गाउँपालीकामा बेरुजु असुल गर्नुपर्ने रू.२२ लाख ३५ हजार, नियमित गर्नुपर्ने रु. १७ लाख ८४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु.९६ लाख ३६ हजार र पेश्की बाँकी रु.५ लाख ८७ हजार समेत रु.१ करोड ४२ लाख ४२ हजार रहेको छ ।

यस्तै कमलबजार नगरपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा रू.११ करोड ९७ लाख ४३ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० सम्म १२ करोड ७८ लाख ८६ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।नगरपालिकामा असुल गर्नुपर्ने रू.१ करोड ४० लाख २६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.४१ लाख, नियमित गर्नुपर्ने रू. १९ लाख १२ हजार र पेश्की बाँकी रू.७ लाख ३२ हजार समेत रू.२ करोड ७ लाख ७० हजार रहेको छ।

यस्तै पञ्चदेवल बिनायक नगरपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा २६ करोड ७० लाख ७४ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० मा घटेर ११ करोड ६६ लाख ४० हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ । नगरपालीकामा असुल गर्नुपर्ने रू. ५ लाख ५३ हजार र नियमित गर्नुपर्ने रु. ६१ लाख ४९ हजार समेत रु.६७ लाख २ हजार रहेको छ ।

यस्तै मंगलसेन नगरपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा रू.९ करोड २१ लाख ५ हजार बेरुजु बाँकी रहेकोमा आर्थीक बर्ष २०७९÷०८० मा ९ करोड ८० लाख ५० हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।नगरपालीकामा असुल गर्नुपर्ने रू. २१ लाख ७४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १६ लाख ७९ हजार, नियमित गर्नुपर्ने रू.२ लाख ९४ हजार र पेश्की बाँकी रु.१८ लाख समेत रू. ५९ लाख ४७ हजार रहेको छ।

हालसम्म सबैभन्दा बेरुजु रहेको बान्नीगढी जयगढ गाउँपालीकामा आर्थीक बर्ष २०७८÷०७९ मा ३ करोड ४७ लाख २१ हजार बेरुजु रहेकोमा आर्थीक बर्ष २०७९÷०८० मा ४ करोड ४८ लाख ९४ हजार रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरेको छ ।गाउँपालीकामा असुल गर्नुपर्ने रू.१२ लाख ९४ हजार, नियमित गर्नुपर्ने रु. ६८ लाख ६८ हजार र प्रमाण कागजात पेस गर्नुपर्ने रु.२० लाख ११ हजार समेत रु.१ करोड १ लाख ७३ हजार रहेको छ।

के हो बेरुजु
सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो, जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औँल्याएको हुन्छ ।

तपाईको प्रतिक्रिया