Advertisement
SKIP THIS
सेती राजमार्गको डोटी खण्डमा रुख काट्न सुरु हुन अझै ३ महिना लाग्ने ,अन्य कामको प्रगती कस्तो छ ?(भिडीयो सहित)

तारामान खड्का अछामःसुदुरपश्चिम प्रदेशको साबिक सेती अञ्चलको ५ वटा जिल्ला मध्ये कैलालीको दक्षिणी भाग भारतको सिमानाबाट प्रारम्भ हुदै डोटी अछाम बाजुरा बझाङ्गको चैनपुर हुदै उरै भन्ज्याङ्गसम्म उत्तर सिमाना चीनको तिब्बत क्षेत्र प्रबेश गर्ने ,उत्तर चिन र दक्षिण भारत जोड्ने सडकमध्ये करिब सबै भन्दा छोटो ( रेखाङ्कन ) दुरीको सेती राजमार्गको काम सुस्त गतिमा रहेको छ ।

सेती राजमार्गको डोटी खण्डमा रुख काट्न अझै ३ महिना लाग्ने सेती राजमार्ग दक्षिण खण्ड आयोजना कार्यालय साँफेबगरले जनाएको छ । डोटी जिल्लाको ठुलिगाड देखि सेती बुढीगंगा दोभान सम्मको ४० किलोमीटर क्षेत्रमा मन्त्रीपरिषदबाट रुख कटानको लागि आदेश प्राप्त भएको तर अन्य थप प्रकिया पुरा गर्न करिव ३ महिना लाग्ने सेती राजमार्ग आयोजना कार्यालय दक्षीण खण्ड साँफेबगरका सुचना अधिकारी केशव दत्त मिश्रले बताए ।

सुचना अधिकारी मिश्रका अनुसार बन क्षेत्रको कति जग्गा राजमार्गले प्रयोग गर्ने हो,त्यस्तै जग्गा अन्त पाए बनका नाम हालीदिनु पर्ने नभए कती क्षेत्रफल प्रयोग गर्छ त्यै बराबरको पैसा बनको नामका जम्मा गरिदिनु पर्ने प्रावधान रहेकोले हाल सो प्रकिया भईरहेको बताए । सो क्षेत्रमा सडक निमार्णको लागि २०७९ मंसिरमै ठेक्का लागीसकेको छ । ५७ करोडमा सपना जय मा स्वर्गदारीले ३ बर्षमा सक्ने गरि ठेक्का पाएको बन क्षेत्र भएकोले समयमै रुख कटानको आदेश नपाउदाँ २ बर्ष काम नभएरै सकिएको छ । ५७ करोडमा निमार्ण कम्पनीले ट्याक खोल्ने,सडकलाई चाहिने अन्य भौतीक संरचना तयार गर्नेछ ।

हालसम्म दक्षिणी खण्डमा भएको कामको अवस्था 

दक्षिणी खण्डको २ सय ४ किलोमिटरमा मध्ये हालसम्म १ सय २७ .५० किलोमीटर ट्याक खोलिएकोमा ७६.५० किलोमीटरमा अझै ट्याक समेत खोल्न सकिएको छैन । हालसम्म टिकापुर बौनीया १५ किलोमिटरमा ट्याक खोली सकिएको र ५ किलोमिटर सडक पक्की समेत भएको छ ।
यस्तै बौनीया देखि ठुलीगाडको ७२ किलोमिटर क्षेत्रमा ७०.५० किलोमिटर ट्रयाक खोलीएको र त्यस मध्ये ६.५० किलोमिटर कालोपत्रे भईसकेको र १. ५० किलोमिटर ट्याक खोल्न बाकी रहेको सुचना अधिकारी मिश्रले बताए ।

यस्तै ठुलीगाड देखि सेति बुढीगंगा दोभान सम्म बन क्षेत्र भएकोले कुनै काम सुरु हुन सकेको छैन ।अछाम जिल्लाको ८० किलोमिटर क्षेत्र मध्ये सेति बुढीगंगा दोभान देखि साँफेबगरको ३२ मध्ये २४ किलोमिटर ट्याक खोलीएको ४ किलोमिटर पक्की र ८ किलोमीटरमा बन क्षेत्रका कारण काम नभएको र मन्त्रीपरिषदको नियर्ण पछि रुख कटानको लागी बन कार्यालय सम्म समन्वय भइरहेको सुचना अधिकारी मिश्रले बताए ।

सेति राजमार्गमा बजेटको अवस्था
सेती राजमार्ग आयोजना कार्यालय दक्षीण खण्ड साँफेबगरले आर्थीक बर्ष २०८०÷ ८१ मा ४२ करोड रुपैया खर्च गरेको छ । सरकारले आर्थीक बर्ष २०८०÷८१ का लागी बिनीयोजन गरेको सडक तर्फ १४ करोड १६ लाख र पुल तर्फ ३ करोड र मन्त्रालय सँग मागेको थप बजेट २५ करोड गरि कुल ४२ करोड खर्च भएको सेती राजमार्ग आयोजना कार्यालय दक्षीण खण्ड साँफेबगरका सुचना अधिकारी केशव दत्त मिश्रले बताए ।
सरकारले सेती राजमार्ग आयोजना कार्यालय दक्षीणी खण्ड साँफेबगरका लागि आर्थीक बर्ष २०८१÷८२मा सडक तर्फ ४५ करोड ५० लाख र पुल तर्फ १० करोड गरि कुल ५५ करोड बिनीयोजन गरेको छ ।

 

भिडीयो

तपाईको प्रतिक्रिया