Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाले ८०.४९ प्रतिशत रकम खर्च गर्यो

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका अछामले कुल बजेटको ८०.४९ प्रतिशत रकम खर्च गरेको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को कुल बजेट ४० करोड ८४ लाख १४ हजार ६ सय ३१ रुपैया रहेको थियोे ।

यस्तै चालू तर्फको कुल बजेट ३३ करोड ४८ लाख ८८ हजार १ सय ८७ रुपैयाँ रहेकोमा ८३.१५ प्रतिशत अर्थात २६ करोड १८ लाख ३६ लाख २ सय ३० रुपैयाँ खर्च भएको लेखा अधिकृत नारद प्रशाद खनालले बताए । लेखा अधिकृत खनालका अनुसार पुजिगत तर्फ ९ करोड २५ लाख २६ हजार ४ सय ४४ बजेट रहेकोमा ७१.४७ प्रतिशत अर्थात ६ करोड ६१ लाख २८ हजार ८ सय ९७ खर्च भएको बताए ।

सरकारले राजश्व बाडफाड र समानिकरण अनुदानको बजेट नदिदा प्रतिशतमा खर्चको नभएको देखिएपनि यश आर्थिक बर्षमा काम भएर पनि भुक्तानी दिन नसकिएकोले आर्थिक बर्ष २०८१/०८२ मा करिव ८१ लाख दायित्व सिर्जना भएको बताए ।

तपाईको प्रतिक्रिया