निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका १२ खप्तडमा राष्ट्रिय प्रशारणको बिधुत लाईन बिस्तार तिब्र रुपमा अगाडि बढेको छ।वडा सबै १३ वटै टोल बस्तिमा लाईन बिस्तारको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष जनक कडायतले जानकारी दिए।
बिधुत जडान गर्ने घर परिवारले तीन पुस्ते बिवरण नभेटिए र जग्गा धनी पुर्जा नभएका परिवारलाई मिटरको धरौटीका लाग्ने १ हजार रुपैयाँ वडाले नै बेहोर्न वडा अध्यक्ष कडायतले बताए ।
साउन ३२ गते भित्र विद्युत मिटर जडान गरि घरमा बत्ति बालि सक्नु पर्ने उनलेे बताए। विद्युत मिटर प्राप्त गर्न नागरिताको फोटोकपि एक प्रति,पासपोर्ट साईज फोटो ३ प्रति, जग्गा धनी लालपुर्जाको फोटोकपि एक प्रति (घर वा बसोबास गरेको कित्ता नम्बर खुलाउने ) लालपुर्जा छैन भने वडा कार्यलयमा निवेदन दिन वडा अध्यक्ष कडायतले आग्रह गरे। यस्तै घर वा बसोबास भएको ठाउको नजिकको घरमा केन्द्रिय प्रसारणको लाईन विद्युत मिटर जडान भएको भए घर नजिकको ग्राहक नम्बर र ग्राहकको नाम समेत आवश्यक पर्ने उनलेे बताए ।