अछाम:अछामको साँफेबगर नगरपालिका ३ को साफे हाटबजारमा लागेको आगो करिव १ घण्टा पछि नियन्त्रणमा आएको छ। बेलुका करिव ९ बजे लागेको आगो सवा १० बजेपछि नियन्त्रणमा आएको हो।
आगलागीबाट ५ पसल जलेर नष्ट भएका छन् ।स्थानीय निर्माण ब्यावसायी गौतम कुवरको जेसिबि, ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतमा स्थानीय नागरिक नेपाल प्रहरी ससस्त्र प्रहरीको आगो नियन्त्रणमा लिएका हुन।
यस अघि बैशाख १३ गते आगलागी भएको पसल देखि प्रभालि गाडको पक्की पुल तिरका ५ पसलमा आगलागिबाट जलेका हुन।









