Advertisement
SKIP THIS
बाजुराको बुढीगंगामा एक युवक माथि खुकुरी प्रहार

अछाम:बाजुराको बुढीगंगामा एक युवक माथि खुकुरी प्रहार भएको छ।

बिहीबार राति बुढिगंगा नगरपालिका ९ सेरालामा स्थानीय २५ बर्षिय युवक शिखर थापा माथि स्थानीयै मनिस सुनारको समुहले खुकुरी प्रहार गरेको हो।

खुकुरी प्रहारबाट शिखर थापाको टाउको घाँटी पिठ्युँमा चोट लागेको र उनको प्रादेशिक बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।

खुकुरी प्रहार गर्ने मनिस सुनारको टोलि फरार रहेको उनिहरुको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तपाईको प्रतिक्रिया