काठमाडौँ :पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान पूर्व राष्ट्रपति भण्डारीको निवासमा डेढ घण्टा भेटवार्ता भएको हो ।
सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहकारी विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएको बताएकी छिन् । ‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र रवि प्रति सद्भाव छ भन्नुभयो।’ प्रवक्ता झाले भने ।
कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूप राजनीतिक शिष्टाचार भेटघाट भएको रास्वपा झाको भनाई छ । ‘वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो ।’
भण्डारीले नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको भन्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न र नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको भण्डारीले बताएकी छिन् ।









