Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकाले ल्यायो ६१ करोड बढीको बजेट

अछाम: मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रम पारित भएको छ । सोमवार नगरसभाको १३ औं अधिवेशनले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६१ करोड ३ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ ।

चालु तर्फ ४९ करोड ९३ लाख ४० हजार ८३० र पुँजीगत तर्फ ११ करोड १० लाख १४ हजार १७० रहेको छ । आगामी आर्थिक वर्षका लागी नगरपालिकाले खर्च व्यहोर्ने स्रोतहरु मध्ये आन्तरिक राजश्वबाट एक करोड ७९ लाख १० हजार, नेपाल सरकारको वित्तीय समानिकरणबाट १० करोड ५८ लाख, सशर्त अनुदान ३१ करोड ३३ लाख ८८ हजार,संघीय राजश्व बाँडफाँडबाट १२ करोड ४३ लाख रहेको छ ।

यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान ९४ लाख ३० हजार, सशर्त अनुदान ३२ लाख ५० हजार , विशेष अनुदान ८० लाख ,समपुरक अनुदान २५ लाख र प्रदेश राजश्व बाँडफाँड ६२ लाख ७७ हजार खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया