भगवती कुँवर साँफेबगर:साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिले नयाँ वर्ष २०८१ सालको अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चीम प्रदेशसभा सदस्य माननिय मेघराज खड्काले भित्तोपात्रोको बिमोचनसंगै नयाँ वर्षको शुभकामना व्यक्त गरे।
कार्यक्रममा बोल्दै माननिय खडकाले बुढीगंगाका कटानको जोखिममा रहेको एयरपोर्ट बजार जोगाउन तटबन्धनको लागी प्रदेशबाट ३ करोड रकम बिनियोजन गरिएको बताए । उनले साँफेबगर क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै दिगो तटबन्धनका लागी प्रदेश सरकारबाट ७,८ करोडको माग गरिएपनि पटक पटकको आग्रहका ३ करोड बिनीयोजन भएको जानकारी दिए।
माननिय खड्काले डोटी बाजुरा सडक खण्ड,मध्यपहाडी राजमार्ग, सेतीराजमार्गसंग जोडिएको प्रमुख साँफेबगर क्षेत्र धेरै सम्भावना बोकेको ठाउँ भएकाले यो क्षेत्र आफ्नो पहिलो प्राथमिकतामा पर्ने जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित कुँवरले बजार क्षेत्रको राम्रो बिस्तार भए मात्र समाजको पनि विकास हुने बताए । उनले व्यापारीहरु बिषेश गरी होटल व्यवसायीहरुले विशिष्ट नम्र र व्यवहारीक हुनुपर्नेमा जोड दिए । बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको अन्तिम शनिवार बजार सरसफाई गर्दे आईरहेको भन्दै यसले राम्रो सन्देश दिएको बताए।
कार्यक्रमका अर्का बिशिष्ट अतिथि पुर्ब जिविस सभापति भरत कुमार स्वाँरले आर्थिक मन्दिका व्यापारहरु धरासायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले केहि साय पहिले निकै चलायमान हुदै आएको बजार अहिले सुनसान र पसलहरु समेत बन्द हुुदै गएको बताए । यहाँले यस्तो समयमा सकेसम्म क्रण नलिने लिनै परेको आवश्यकताको आधारमा मात्र लिने र धेर्य सयमता अपनाउन आग्रह गरे।
कार्यक्रममा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले बजारलाई अझै व्यवस्थाीत बनाउन तर्फ नगरपालिका लागेको बताए । उनले सुन्दर र समृद्ध साँफेबगर बनाउन सबैभन्दा पहिले बजार व्यवस्थीत हुन आवश्यक रहेको बताए ।