काठमाडौँ:काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आज बिहान करिव ६ बजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।
भूकम्प कति म्याग्नीच्युडको भन्ने यकिन तथ्यांक आइसकेको छैन । चिनियाँ समाचार संस्था सिन्ह्वाले ६.८ म्याग्नीच्युडको भूकम्प गएको उल्लेख गरेको छ भने युएसजीएसले ७.१ म्याग्नीच्युड मापन गरेको उल्लेख गरेको छ । प्रारम्भिक अनुमान अनुसार भूकम्पको इपिसेन्टर १० किलोमिटर मात्रै गहिराइ रहेको जनाइएको छ ।
नेपालको पूर्वी पहाडीलगायत काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । यस्तै भूकम्पको धक्का नेपाल, चीन, भारत, बंगलादेश र भुटानमा महसुस गरिएको थियो ।